arin enterprises

प्रधानमन्त्री ओली र विप्लव बीच भेटवार्ता

SamacharDesk | २०७७ चैत्र ९, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो । भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह गरेको एक नेताले जानकारी दिएका छन् । विप्लवले रिहा नभएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको हो । विप्लव समूह र सरकारबीच गत फागुन २० गते भएको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।।

 

Categorized in राष्ट्रिय