arin enterprises

फेरी भूकम्पको धक्का महसूस

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १४, बिहिबार

काठमाडौंमा फेरी भूकम्पको धक्का महसूस गरीएको छ ।

बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा साथै धादिङ आसपासका जिल्लाहरुमा पनि महसूस गरीएको थियो ।

भूकम्पबाट क्षतिको विवरण प्राप्त भएको छैन ।

Categorized in समाज