फेसन युनाइटस्को दोश्रो संस्करण सम्पन्न
SamacharDesk – ईन्टरटेनमेन्ट ब्युरो | २०७५ आषाढ २९, शुक्रबार

२० जना व्यावसायिक मोडलहरुको क्याटवाल्क र फेसन शोसँगै फेसन युनाइट्सको दोश्रो संस्करण काठमाडौंको ब्लु स्टार मलमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स सेकेन्ड एडिसन सम्पन्न भएको हो ।
फेसन शोमा मौलिक नेपाली संस्कृति झल्किने ढाकाका फेसनेबल फ्यूजन पहिरनको साथमा सिल्क, पार्टिवेयर, क्याजुअल, समर वेयर लगायतका मोहक पहिरनहरुमा मोडलहरुले ¥याम्पमा क्याटवाक गरेका थिए । फेसन शोका पहिरनहरु रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका हुन् ।
साथमा, नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले शोज–टपरको रुपमा बेग्लै पहिरनमा फेसन–शो भएको थियो ।
शोबाट अभिनेत्री थापा निक्कै उत्साहित तथा हर्षित भएको बताउँछिन् । ‘फेसन शोहरु भइरहने गर्छ र विभिन्न शोमा मोडलको रुपमा, निर्णायकको रुपमा, दर्शकको रुपमा विभिन्न किसिमले सहभागीता पनि जनाईयो । यो फेसन शो अलि फरक ढङ्गको महसूस भएको छ । यस शोमा सहभागी भएर निकै खुसी छु ।’ अभिनेत्री थापाले भनिन् ।
रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको कार्यक्रमको संयोजन श्रीषा बैदार फैजुले गरेकी हुन् । कोरीयोग्राफी भने आयोजक संस्थाका फाउण्डर साथै इन्टरनेशनल कोरियोग्राफर राज फैंजुबाट भएको थियो ।
Categorized in पेजथ्री