arin enterprises

फ्रान्स क्वार्टरफाइनलमा, अर्जेन्टिना घर फर्क्यो

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १६, शनिबार

अर्जेन्टिनालाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै क्वाइटफाइनल पुगेको हो ।

फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले २ गोल गरे भने एन्टोनियो ग्रेजम्यान र बेन्जामिन पाभार्डले १, १ गोल गरे । 

खेलमा अग्रता फ्रान्सले लिएको थियो । खेलको १३औं मिनेटमा पाएको पेनाल्टिलाई ग्रेजम्यानले गोलमा परिणत गरे ।

पहिलो हाफ सकिनु ४ मिनेट अघि अर्जेन्टिनाका एन्जल डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

दोश्रो हाफको शुरुमा बराबरीमा रहेको खेलमा फेरी अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनेल मेस्सीले प्रहार गरेको बल ग्याब्रियल मकार्डोको खुट्टामा लागेर गोलमा परिणत हुँदा अर्जेन्टिना २–१ ले अगाडी पुग्यो ।

तर पाभार्डले ५७औं मिनेटमा फ्रान्सका लागी गोल गर्दै खेललाई फेरी बराबरीमै फर्काए । एम्बाप्पेले खेलको ६४ र ६८औं मिनेटमा गोल गरेर फ्रान्सलाई ४–२ले अगाडी पुर्याएपछि अर्जेन्टिनी समर्थक निराश बनिसकेका थिए ।

खेल सकिनु केहि मिनेट अगाडि इन्जुरी समयमा सर्जियो एग्युरोले हेड गर्दै गोल गरेपछि अर्जेन्टिनी समर्थक केही हौसिएका त थिए तर, अर्को गोल थप्न नसक्दा ४–३ को नतिजाले फ्रान्सलाई जित दिलायो ।

यो खेल हारेसँगै अघिल्लो विश्वकपको उप विजेता स्टार खेलाडी लियोनेल मेस्सीको टोलि अर्जेन्टिना राउन्ड अफ सिक्सटिनबाटै घर फर्किएको छ ।

Categorized in स्पाेर्ट्स