फ्रेन्ड्समा तीन ब्राजिलियन खेलाडी अनुबन्धित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ कार्तिक २०, बुधबार

ए डिभिजन क्लब फ्रेन्ड्सले तीन जना ब्राजिलियन खेलाडीलाई टिममा भित्र्याएको छ । फ्रेन्ड्सले तीन जना ब्राजिलियन खेलाडिलाई अनुबन्धित गर्दै टिममा भित्र्याएको हो ।
फ्रेन्ड्सले ब्राजिलियन खेलाडी वाग्नर डी कर्मा, फिलिप डी सुजा र साउलो डी अक्युनोलाई टिममा अनुवन्धित गरेको हो ।
मुख्य प्रशिक्षकको रुपमा मार्कस फिलिपलाई पनि अनुवन्धित गरिएको क्लबका कार्य समिति सदस्य राजाराम तण्डुकारले जानकारी दिनुभयो ।
तण्डुकारले ती खेलाडीहरुलाई ‘ए’ डिभिजन लिगको लागि क्लबमा भित्र्याइएको जानकारी पनि दिनुभयो । तण्डुकारका अनुसार ती खेलाडीहरुको सम्झौता एक वर्षको हुनेछ ।
अनुवन्धित तीनै जना खेलाडी क्लबमा आबद्ध हुन मंगलबार नेपाल आइपुगेका छन् । फ्रेन्ड्स क्लबका पदाधिकारीले त्रिभुवन विमानस्थलमा खेलाडीहरुलाई स्वागत गरेका थिए ।
प्रशिक्षक मार्कस भने एक साताभित्र नेपाल आईपुग्ने क्लबले जनाएको छ ।
