arin enterprises

बल्लतल्ल जित्यो साविक विजेता जर्मनी

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १०, आइतबार

अन्तिम समयमा गोल गरेर बल्लतल्ल स्वीडेनलाई हराउँदै जर्मनीले अन्तिम १६मा पुग्ने आशालाई बचाएको छ । 

खेलको अतिरीक्त समयमा प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै जर्मनीले गोल गरेर खेल आफ्नो पोल्टामा पारेको हो । १/१ को बराबरीमा रहेको खेलको अन्तिम मिनेटमा टोमी क्रुसले गोल गर्दै टिमलाई जिताएका थिए ।

साविक विजेता जर्मनीलाई खेल हात पार्न भने धौ धौ नै परेको थियो । खेलका शुरुवाती समयमा स्वीडेनलाई जर्मनीलाई निकै दवावमा राखेको थियो । 

खेलमा अग्रता भने स्विडेनले लिएको थियो । ३२औं मिनेटमा ओला टोइभोनेनले गरेको गोलसँगै स्विडेनले अग्रता लिएको थियो । खेलको पहिलो हाफसम्म त साविक विजेतालाई स्वीडेनले गोल गर्ने मौका दिएन र १/०ले स्वीडेन अगाडि नै रह्यो ।

दोश्रो हाफ शुरु भएको केहि समयमा भने जर्मनीले खेल बराबरीमा ल्यायो । दोस्रो हाफको ४८औं मिनेटमा मार्को रेउसले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । निकै दवावमा रहेको जर्मनीलाई ८२औं मिनेटमा जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि तनाव झन थपिएको थियो ।

१० खेलाडीमा सीमित तनावमा रहेको जर्मनी टिमले खेलमा संयमता भने अपनाएको थियो । निर्धारित ९० मिनेटसम्म पनि १/१ गोलको बराबरीमै रहँदा गर या मरको स्थितीमा रहेको जर्मनीलाई तनावको स्थिती भएपनि संयमित भएर नै खेल खेलिरह्यो ।

अतिरक्त समय पाँच मिनेटको अन्तिम सेकेन्डतिर आएर भने खेल आफ्नो पोल्टामा पार्न जर्मनी सफल भयो । संयमता र टिमको मिलेको तालमेलको कारण जर्मनीले अन्तिम समयमा आएर गोल गर्न सफल भयो । अन्तिम समयमा पाएको फ्रिकिकको सदुपयोग गर्दै टोनी क्रुसले प्रहार गरेको बलले जाली चुम्यो र २/१ गोल अत्तरले जर्मनी विजयी भयो ।

विश्वकपमा अतिरिक्त समयको अन्तिम समयमा गोल गर्ने टोनी क्रुस दोस्रो खेलाडी हुन् । यसअघि सन् २००६ मा फ्रान्सिस्को टोटीले पनि अस्ट्रेलियाविरुद्ध अतिरिक्त समयमै गोल गरेका थिए ।

यो खेल जितेको भए समूह ‘एफ’बाट स्वीडेन एक खेल खेल्नु अघि नै नकआउट चरणमा पुुग्ने थियो । पहिलो खेलमा मेक्सिकोसँग १/०ले हारेको जर्मनीले यो खेल जितेपनि अघिल्लो चरणमा जानका लागि स्वीडेन र मेक्सिकोबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

समूह एफमा मेक्सीकोको ६ अंक छ । स्वीडेन र जर्मनीको समान ३÷३ अंक छ । अब स्वीडेन र मेक्सिको तथा जर्मनी र दक्षिण कोरियाले खेल्ने छन् । यो खेलपछि जर्मनी, मेक्सिको र स्वीडेन मध्य कुन बाहिरिने भने टुंगो लाग्ने छ ।

यो समूहबाट दक्षिण कोरियाको भने अघिल्लो चरणको यात्रा कठिन छ । गएरातिको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग २/१ ले पराजित भएको थियो ।

Categorized in स्पाेर्ट्स