arin enterprises

बागमतीको विरोधमा काठमाडौंमा प्रदर्शन

SamacharDesk – विकाश | २०७६ पौष २९, मंगलबार

प्रदेश ३ लाई वागमती नामाकरण गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । समाजवादी पार्टी नेपालले वागमती नामाकरणको विरोधमा र्याली निकालेर प्रदर्शन गरेको हो ।

समाजवादीले काठमाडौंको शान्तिवाटिका रत्नपार्कबाट र्याली निकालेको हो । शान्तिवाटिकाबाट शुरु भएको र्याली भोटाहिटी, असन, न्हायकंटोल हुँदै बाङ्खेमुढामा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई नेवाः आन्दोलनका अगुवा डा.महेशमान श्रेष्ठ, लालबहादुर तामाङ, रविन्द्र थिङ, रेणु यादव र मनरत्न शाक्यले सम्वोधन गरेका थिए ।

वक्ताहरुले प्रदेश नामाकरणबाट सत्तारुढ दल आदिवासी जनजातिप्रति अनुदार छ भनी प्रमाणित भएको बताए ।

पहिचान नदिनाला वा पहाडले नमागी जनताले मागेको हुँदा प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नै नामाकरण गर्नुपर्ने उनीहरको माग थियो ।

र्यालीका सहभागीहरुले प्रदेशको अधिकार हनन गर्न पाईंदैन, वागमति प्रदेश चाहिँदैन, वागमती प्रदेश मुर्दावाद, नेवाः ताम्सालिङ प्रदेश जिन्दावाद लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082