arin enterprises

बागलुङकी वृद्धा पनि उपचार पछि निको भइन्

SamacharDesk – विकाश | २०७७ बैशाख ६, शनिबार

नेपालको छैठौं कोरोना भाइरस (कोभिड(१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि उपचार पछि निको भएकि छन् ।

उक्त महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले पुष्टि गरेको छ । 

लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनी संक्रमणमुक्त भएको घोषणा गरेको हो । 

चिकित्सकका अनुसार डिस्चार्ज गर्नलाई संक्रमितको २४ घण्टाभित्र दुईटा नतिजा नेगेटिभ आउनुपर्छ।

गत चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी उनमा चैत्र २० गते संक्रमण पुष्टि भएको थियो ।

उनीसँगै बेल्जियमबाट आएकी नातेदार समेत पर्ने १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि महिलामा पनि परीक्षण गर्दा कोरोना देखिएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनलाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरि उपचार गरिँदैथियो ।

रोगमुक्त भएपछि महिलाले आत्मविश्वासबाटै यो रोगसँग जित्न सकिने बताइन् । यो रोगसँग लड्न आत्मबलले ठूलो सहयोग पुग्ने भन्दै उनले संक्रमितहरूलाई नआत्तिन सुझाव दिएकी छिन् ।

१९ वर्षीया युवतीको भने चौथो परिक्षणको नतिजा पनि पोजेटिभ नै आएपछि सोही अस्पतालमै उपचाररत् छिन् ।

Categorized in राष्ट्रिय