arin enterprises

बुद्धकालीन ऐतिहासिक कथामा घोषक चलचित्र बन्ने

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १२, शुक्रबार

बुद्धकालीन ऐतिहासिका कथामा आधारित नेपालभाषाको चलचित्र ‘घोषक’ निर्माण हुने भएको छ । आज काठमाडौं आयोजित एक कार्यक्रममा घोषकको शुभ मूहुर्त गरियो ।

घोषकको शुभ मूहुर्तमा चलचित्रका निर्माता साथै कलाकार प्रेमा शाक्यले क्यामेरा पूजा गरिन् भने क्यामेरा रोल वरिष्ठ सिनेमाटोग्राफर गौरीशंकर धुँजुले गरे । वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले एक्सन गरे भने कट् वरिष्ठ फोटोग्राफर राजभाई सुवालले गरे । नरीवल भने सिनेकर्मी साथै निर्देशक सुरेन्द्र तुलाधरले फोडे ।

मूहुर्त सट कलाकारहरु राजेन्द्रमान शाक्य, पल्पसा डंगोल र प्रेमा शाक्यले दिए ।

शुभमूहुर्त कार्यक्रममा श्रद्धेय भिक्षु निग्रोध महास्थवीर, सिनेकर्मी तुलाधर, वरिष्ठ फोटोपत्रकार सुवाल, वरिष्ठ सिने पत्रकार असंबरे, श्रद्धेय भिक्षु तपस्वी भन्तेले शुभकामना दिएका थिए ।

चलचित्रका कथाकार एवम् परिकल्पनाकार धर्मरत्न शाक्य ऋषि र पटकथाकार दर्शनवीर शाक्यले कथावस्तुबारे जानकारी दिनुभयो । निर्देशक अमृतचन्द्र श्रेष्ठले कलाकारको परिचय दिनुका साथै निर्माता, कलाकार निर्देशकको मेहनतलाई दर्शकले उचित मूल्याङ्ककन गरिदिनका लागी अनुरोध गर्नुभयो ।

Categorized in पेजथ्री