बेलायती युवराज चाल्र्सलाई पनि कोरोना संक्रमण
SamacharDesk – इन्टरनेशनल ब्यूरो | २०७६ चैत्र १२, बुधबार

बेलायती राजकुमार चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमणको पुष्टि भएसँगै ७१ वर्षीय राजकुमार चाल्र्स अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनी स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका हुन् ।
उनमा कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको र उनको स्वास्थ्य राम्रो नै रहेको बताइएको छ ।
उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ ।
संक्रमण नदेखिएपनि क्यामिल्लालाई पनि बालमोरलमै सेल्फ आइसोलेसनमा राखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय