arin enterprises

भुटानलाई हराउँदै नेपालले फुटबलमा जित्यो स्वर्ण

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर २४, मंगलबार

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमो नेपालले स्वर्ण जितेको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले भुटानलाई १ को विरुद्ध २ गोलले हराएको हो ।

खेलको १७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर ३७औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको पहिलो हाफ १–१ को बराबरीमै सकिएको थियो भने खेलको दोस्रो हाफमा नेपालले दोश्रो गोल गर्न सफल भयो । सुनिल बलको गोलबाट नेपालले २÷१को अग्रता लियो भने यहि गोलले नेपाललाई जित पनि दिलाएको हो । 

सुनिलले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । गोलको खुसियाली मनाउँदै जर्सि फुकाल्दा भने सुनिलले पहेंलो कार्ड खानुपरेको थियो ।

 

१३औं दक्षिण एशियाली खेलकुद (साग)को फुटबलतर्फ नेपाल अपराजित टोलि हो ।

पाकिस्तान र भारत यस पटक सहभागि नरहेकोले ५ टिमबीच राउण्ड रोविन लिगको आधारमा खेल भएको थियो । 

सागको ईतिहासमा फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।

Categorized in स्पाेर्ट्स