arin enterprises

मदनकृष्णको मुख्य भूमिकामा चलचित्र ‘सनाखत’ निर्माण हुने

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ कार्तिक २६, मंगलबार

नेपाली चलचित्र बजारमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठलाई फरक खालको भूमिकामा हेर्न पाइने भएको छ । प्राय हास्य भूमिकामै देखिने गरेका मदनकृष्ण श्रेष्ठ सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सनाखत’मा फरक भूमिका देखिन लाग्नु भएको हो ।

नेपालभाषा र नेपाली भाषामा निर्माण हुन लागेको चलचित्र ‘सनाखत’को आज काठमाडौंमा शुभ मूहुर्त गरिएको छ । आज काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभमूहुर्त गरिएको हो ।

शुभमूहुर्तमा कलाकार मदनकृष्ण श्रेष्ठ र नारायणदेवी प्रधानले मूहुर्त शट दिए भने कलाकार धीरेन शाक्यले नरिवल फुटाए । अर्का चर्चित हास्य कलाकार सन्तोष पन्तले क्ल्याप दिए ।

कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, सन्तोष पन्त र नायक धिरेन शाक्यले संयुक्त रुपमा मगंलबार काठमाडौंस्थित विशालबजारमा शुभमुहर्त गर्नुभएको थियो ।

कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित चलचित्र सनाखतमा कलाकार मदनकृष्ण श्रेष्ठ र नारायणदेवी प्रधानको साथमा राजाराम पौडेल, धीरेन शाक्य, मदनदास श्रेष्ठ, सुनिता ठाकुर, अर्णेश्वरी शिल्पकार, सुरेन्द्र तुलाधर भोगन्द्र मानन्धर, राजेन्द्रमान शाक्य, किरणकेन रञ्जीत, सविन शाक्य लगायतको मुख्य भूमिका रहेको छ ।

ए.एन ईन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आर्यम नकर्मीले निर्देशन गर्न लागेका छन् भने लेखन पनि उनकै रहेको छ ।

Categorized in पेजथ्री