मिस काभ्रेका प्रतीस्पर्धीहरुले हब एजुकेसनको भ्रमण गरे
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १९, शुक्रबार

मिस काभ्रे सिजन १० का प्रतीस्पर्धीहरुले बागबजारस्थित हब इन्टरनेशनल एजुकेसनको भ्रमण गरेका छन् । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा हुन गइरहेको मिस काभ्रे २०१८ का प्रतीस्पर्धीहरुले अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी हब एजुकेशनको भ्रमण गरेका हुन् ।
मिस काभ्रे २०१८ को तयारीको दौरानमा फोटोसुट, विभिन्न तालीमको साथमा विभिन्न स्थानको भ्रमणहरु पनि भइरहेका छन् । यसै दौरानमा प्रतियोगीहरुलाई बागबजारस्थित हब इन्टरनेशनल एजुकेशनको भ्रमणमा पनि लगिएको हो ।
भ्रमणको दौरानमा हबले मिस काभ्रेका प्रतियोगीहरुलाई विदेशमा अंग्रेजी बोल्दा वा मंचबाट अंग्रेजीमा सम्बोधन गर्नुपर्दा ध्यान दिनुपर्ने विभिन्न पक्षहरुको बारेमा टिप्स पनि प्रदान गरेको थियो ।
उपाधी विजेताले अन्तर्राष्ट्रिय डबलीमा समेत आफुलाई प्रस्तुत गर्नुपर्दा बोली वा उच्चारण पनि सोही अनुसारले विकास गर्न सकोस भन्ने उद्देश्यले हबको भ्रमण गराइएको रेडियन्टका फाउन्डर डाइरेक्टर राज फैजुले बताउनुभयो ।
भ्रमणमा रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु, रेडियन्टका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजु र मिस काभ्रे २०१५ का फस्ट रनर अप प्रशम्सा मानन्धरको समेत उपस्थिती थियो ।
प्रतियोगीताको कोरीयोग्राफी पनि रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका छन् भने रेडियन्टका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषाको फेसन डिजाइनिङ रहेको छ ।
मिस काभ्रे २०१८ को फाइनल स्पर्धा यहि असोज २० गते बनेपा काभ्रेस्थित अरनिको सभा भवनमा हुन गइरहेको छ ।
कार्यक्रमलाई ielts Preparation र Processing मा कार्यरत अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी हब इन्टरनेशनल एजुकेसनले प्रायोजन गरेको छ । काभ्रेको प्रतिष्ठित यस कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले विगत ३ वर्षदेखि प्रायोजन गर्दै आएको छ ।
Categorized in पेजथ्री