मिस काभ्रे २०१८ भोलि हुँदै
SamacharDesk – ईन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १९, शुक्रबार

वौद्धिकतासँगै सौन्दर्य (ब्युटि विड ब्रेन) नाराका साथ मिस काभ्रेको दशौं संस्करण भोलि बनेपामा आयोेजना हुन लागेको छ । मिस काभ्रे २०१८ को उपाधीका लागी टप टेन फाइनलिस्टहरुले भोलि प्रतिस्पर्धा गर्न लागेका छन् ।
आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले भोलिको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मिस काभ्रे २०१८को भव्यताका साथ आयोजना गर्न आफु तयार भइसकेको आयोजक रेडियन्टले जनाएको छ ।
अन्तिम प्रतिस्पर्धाका लागी प्रतीस्पर्धीहरुलाई एक महिनासम्म विभिन्न तालीमहरु दिएर तयार गरीएको थियो । प्रतीस्पर्धीहरुलाई एक महिनाका दौरानमा क्याटवाकको साथमा पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, सेल्फ मेकअप लगायतका विभिन्न तालीमहरु दिइएको थियो ।
एक महिनाको निरन्तरको मेहनतपछि आफुहरु अन्तिम प्रतिस्पर्धाका लागि निकै उत्साहित रहेको प्रतिस्पर्धीहरुले बताएका छन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले कोरीयोग्राफी गरेका छन् भने सम्पूर्ण ड्रेस डिजाइन रेडियन्टका कार्यकारी निर्देशक साथै फेशन डिजाइनर श्रीषा वैदार फैजुको रहेको छ ।
रेडियन्टले सन् २००९ देखि नै मिस काभ्रेको निरन्तर आयोजना गर्दै आएको छ ।
कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले प्रायोजन गरेको छ । काभ्रेको प्रतिष्ठित यस कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले विगत ३ वर्षदेखि प्रायोजन गर्दै आएको छ ।
