arin enterprises

मेक्सिको हारेपनि अर्को चरणमा प्रवेश

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १३, बुधबार

समूह एफ अन्तर्गत समूह चरणको खेलमा स्वीडेनले मेक्सिकालाई ३–० गोल अन्तरले पराजित गरेको छ । बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई हराउँदै स्वीडेन समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

तर आजको खेलमा हार व्यहोरेपनि समूह एफको उपविजेताको रुपमा मेक्सिकोले पनि अन्तिम १६ मा स्थान भने सुरक्षित गरेको छ । बुधबारको खेलमा पराजित भए पनि यसअघिका २ खेल जितेकोले मेक्सिको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५०औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे । ७४ औं मिनेटमा आएर मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३–० ले पराजित भयो । 

स्वीडेनसँग पराजय ब्यहोरेको मेक्सिकोले यसअघिका खेलहरुमा जर्मनी र दक्षिण कोरियालाई हराएको थियो । मेक्सिको र स्वीडेन दुवैले दुइ दुइ खेल जिती बराबर ६ अंक जोडेको भएपनि गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको हो ।

Categorized in स्पाेर्ट्स