मेयर शाक्यबाट महानगरवासीलाई विजया दशमीको शुभकामना
SamacharDesk – सोसियल ब्युरो | २०७५ कार्तिक २, शुक्रबार

नेपालीहरुको महान पर्व बडा दशैंको प्रमुख दिन आज विजया दशमीको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीलाई शुभकामना दिएका छन्। मेयर शाक्यले काठमाडौं महानगरवासीको सुख–समृद्धिको कामना गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका हुन्।
मेयर शाक्यले विजया दशमीको शुभकामनामा काठमाडौंलाई उन्नत, समृद्ध तथा हराभरा अनि सफा नगर बनाउने कार्यमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै यस शहरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्ने कार्य भैरहेको पनि उनले जनाएका छन्।
निर्वाचनको समयमा महानगरवासीलाई दिएका प्रत्येक बचन अक्षरसः पालना गर्दै पूरा गर्न आफु अहोरात्र खटिरहेको र यसमा महानगरवासी तथा ३२ वटै वडाका जनप्रतिनिधिहरुको साथ र सहयोग रहने अपेक्षा पनि मेयर शाक्यले व्यक्त गरेका छन्।
मेयर सफल हुने या नहुने भन्ने कुरा वडामा रहेका जनप्रतिनिधिहरुको हातमा रहेकोहुँदा वडाध्यक्ष तथा सदस्य लगायतका जनप्रतिनिधिहरुलाई जनताको काममा सदा कटिबद्ध भएर लाग्न अनि हरेक दुःख–सुख आफ्नो भनेर लाग्न पनि मेयर शाक्यको अनुरोध रहेको छ।
Categorized in समाज