arin enterprises

यादव अपरहण मुद्दामा प्रहरीले उजुरी दर्ता नै गरेन

SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

जनता समाजवादी पार्टीका सांसद् सुरेन्द्र यादव अपहरण काण्डमा दोषिलाई कारवाहीको माग गर्दै जसपाका नेताहरुले उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नै नगरी फर्कादिएको छ ।

उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर, टेकु पुगेका जसपाका शिर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि, राजेन्द्र श्रेष्ठ लगायत सांसद् सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

तर महानगरीय प्रहरी परिसरले उजुरी दर्ता गर्न अस्वीकार गरी सबैलाई फर्काइदिएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठको साथै पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण र शरीर बन्धकमा जाहेरी दर्ता गर्न भनिएकोमा महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको हो र

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका हुन् । ज्ञवालीको अनुपस्थितीमा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए । 

घटना महोत्तरीमा भएकोले आफ्नो क्षेत्राधिकारमा नपरेको र जाहेरी दिनेभए महोत्तरीमै जानलाई प्रहरीले भनेको हो ।

अपराध संहिता र कार्यविधि संहिताको दफाहरु पढेर सुनाउँदा समेत यो दर्ता गर्दैनौं भनेर ठाडो जवाफ दिएको अधिवक्ता दिलिप त्रिपाठीले बताउनुभयो ।

 

परिसरबाट बाहिरिँदै गर्दा पूर्वप्रधानमन्त्री भट्टराईले संचारकर्मीहरुसँग कुराकानी गर्दै यस घटनाले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गर्नुभयो ।

पूर्व आईजीपी खनाल, श्रेष्ठ व बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी गइ सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।

काठमाडौं ल्याइ मेरियट होटलमा राखिएका सांसद यादव भोलिपल्ट बिहानै होटलबाट भागेर पार्टी नेताहरुको सम्पर्कमा आएका थिए । 

यादवले काठमाडौं नआउने भन्दाभन्दै अपहरण शैलीबाटै आफुलाई काठमाडौं ल्याइएको भन्दै गर्दा खनाल, श्रेष्ठ र बस्नेतले भने यादवको सहमतिमै काठमाडौं ल्याएको भन्दै आएका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082