arin enterprises

येँगालको लोपोन्मुख ढुङ्गेधाराको संरक्षण थालियो

SamacharDesk – सोसियल ब्युरो | २०७५ भाद्र ४, सोमबार

लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर २१ अवस्थित येँगाःहिति ढुङ्गेधाराको सरसफाई गर्दै यसको संरक्षण थालिएको छ । आज काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितीमा लिच्छवीकालीन १४ सय बर्ष पुरानो ढुङ्गेधाराको सरसफाई गरिएको हो । Save Nepal Valley, स्थानीय क्लव, नेपाली सेनाको साथै अन्य सामाजिक सँस्थाको संयुक्त प्रयासमा ढुङ्गेधाराको सरसफाई गरिएको हो । 

सरसफाई कार्यक्रममा सरिक हुँदै कामपा उपमेयर खड्गीले ऐतिहासिक सम्पदालाइ संरक्षण गर्ने दायित्व महानगरपालिकाकै भएको र यसका लागि आवश्यक व्यवस्थापनमा महानगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरको निजी कम्पाउन्डभित्र पारि अतिक्रमण गरिएको यस ढुङ्गेधारा लामो समय पश्चात २०६४ सालमा नेकपा माओबादीले उत्खनन गरी खुल्ला गरिएको हो । संरक्षणको अभावमा पुरिँदै गएको ढुङ्गेधारा सरसफाई गरि संरक्षण थालिएको Save Nepa Valley का संयोजक सुरज महर्जनको भनाई रहेको छ ।

बौद्ध साथै सनातनी धर्मावलम्वीहरुको साझा तीर्थस्थलका रुपमा रहेको यो ढुङ्गेधारामा लिच्छवीकालीन समयमा गयासद्दीन तुग्लुक मुसलमानको आक्रमणमा केही मुर्तिहरु क्षतिसमेत भएको अवस्थामा रहेको छ । साथै नरेन्द्रदेवको पालामा हालको बुढानीलकण्ठ मुर्ति यसै स्थानमा रहेको बिषय उल्लिखित दुइवटा सिलालेख स्पस्ट देखिन्छ ।

गौतम बुद्धका सन्तती कोलीयवंश शाक्य, बज्राचार्यको उपत्यकाको उद्गम स्थल भएकै कारण प्रशासनिक केन्द्रको रुपमा यसस्थानलाई प्राचीन नाम दक्षिण कोलियग्राम रहेको शिलालेखमा उल्लेख पाइन्छ ।

उपत्यकालाई ब्यबस्थित बनाउन म्हयपिलाई खड्गको शिर र हालको येँगाल टोललाई बिँड्को रुपमा नगर रक्षार्थ अष्टमातृका विराजमान गर्दै गुनकामदेवले काठमाडौँ नगर बसाउँदा एउटा खाल्डो खनी बिधिपूर्वक उद्घाटन गरेको किम्बदन्ती रहिआएको छ ।

Categorized in समाज