रहेनन् वरिष्ठ पत्रकार पुष्कर
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख ४, बुधबार

नेपालमा सिने पत्रकारिताको शुरुवात गरेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । कामना प्रकाशनका अध्यक्षका साथै नेपाल समाचारपत्रका प्रधान सम्पादक समेत रहेका श्रेष्ठको बुधबार निधन भएको हो ।
आज बिहान ११ः३९ बजे उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
उनी करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो । चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरेका थियो ।
अन्त्येष्टिको लागि श्रेष्ठको पार्थिव शरीर पशुपति आर्यघाट लगिएको छ । सोभन्दा अघि, अन्तिम श्रद्धान्जलीको लागि उनको पार्थिव शरीरलाई न्यूरोडस्थित भूगोलपार्कमा राखिएको थियो ।
स्वर्गीय श्रेष्ठको परिवारमा श्रीमतिको साथमा ३ जना पुत्रहरु छन् ।
स्वर्गीय श्रेष्ठ प्रेस काउन्सिलका पूर्व सदस्य पनि हुनुहुन्थ्यो भने नेपाल मिडिया सोसाईटीमा अध्यक्ष पनि बनिसक्नु भएको छ । उनले नै कामना सिने मासिकको प्रकाशन गरेर नेपालमा व्यावसायिक सिने पत्रकारिताको शुरुवात गरेका थिए ।
Categorized in राष्ट्रिय