रियल म्याड्रिडबाट एइबार पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १, सोमबार

स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले एइबारमाथि ३(१ को जित हात पारेको हो ।
खेल अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको थियो ।
नियमित घरेलु मैदान मर्मत जारी रहेकाले रियलाले आफ्नो वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेलेको हो ।
रियाल म्याड्रिडले तीनैवटा गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ४औं मिनेटमै टोनी क्रुसको गोल गरेर रियाल अघि बढ्यो । त्यस्तै रियालका कप्तान सर्जियो रामोसले ३० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
मार्सेलो भिएराले ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै टिमलाई ३–० मा पुर्याए ।
दोश्रो हाफमा रियालले अर्को गोल भने थप्न सकेन । एइबारका लागि पेद्रो बिगासले ६० औं मिनेटमा सान्त्वना गोल गरे ।
यो खेल रियालले जिनेदिन जिदानको प्रशिक्षणमा खेलेको २ सयौं खेल हो । जिदान प्रशिक्षकको रुपमा रियलका लागि २ सय खेल पूरा गर्ने तेस्रो प्रशिक्षक हुन् ।
शनिवार भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडलाई एथ्लेटिको बिल्वाओले १(१ गोलको बराबरीमा रोकेको छ ।
बिल्बाओका लागि इकर मुनियनले ३७ औं मिनेटमा र ३९ औं मिनेटमा एट्लेटिकोका लागि डिएगो कोस्टाले गोल गरेका थिए ।
यो जितसँगै रियालले बार्सिलोनामाथि दबाब कामयै राखेको छ । रियालले २८ खेलबाट ५९ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ६१ अंक छ ।
तेस्रो स्थानको सेभियाको ५०, चौथो स्थानको गेटाफेको ४६ र पाँचौ स्थानको एट्लेटिको पनि ४६ अंक छ ।
Categorized in स्पाेर्ट्स