arin enterprises

लकडाउन एक हप्ता थपियो

SamacharDesk – विकाश | २०७६ चैत्र १६, आइतबार

सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि १ हप्ता थप गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो ।

यसअघि, चैत्र १० गते उच्चस्तरीय समन्वय समितिले चैत्र ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको थियो ।

१० गतेका दिन फ्रान्सबाट कतार हुँदै नेपाल आएकि १९ वर्षीया किशोरीमा कोरोना भाइरसको पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको थियो ।

साथै मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ । 

यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आय भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ ।

Categorized in राष्ट्रिय