लिटिल एन्ड टिनको तयारी पुरा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख २७, शुक्रबार

लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी पुरा भएको छ । भोलि वैसाख २८ गते हुन गइरहेको प्रतियोगीताको लागि अब आफुहरु पुरा रुपमा तयार भइसकेको आयोजक संस्थाले जनाएको छ ।
२४ जना प्रतिस्पर्धीहरु बीच फाइनल प्रतिस्पर्धा भोलि वैसाख २८ गतेका दिन बाँकेको कोहलपुरमा हुन गइरहेको छ ।
प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, क्याटवाक, जीवनशैली, वौद्धिक विकासका लागि व्यवहारिक शिक्षा र प्रयोगात्मक अभ्यास, नृत्य मास कम्यूनिकेशन लगायतका तालीम पनि निकै राम्ररी सम्पन्न भएको आयोजक संस्था दिके ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका निर्देशक दिपेन्द्र केसीले बताउनुभयो ।
‘भोलि प्रतिस्पर्धी भाईबहिनीहरु बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सबैले निकै मेहनत गरेर आफुलाई तयार गरेका छन्’ दिके ईभेन्टका निर्देशक केसीले भन्नुभयो ।
प्रतिस्पर्धीहरुको कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले गरेका छन् । अन्तर्रा्ष्ट्रिय मञ्चलाई समेत लक्षित गरेर कोरीयोग्राफी र अन्य तालीमहरु दिइएको कोरीयोग्राफर फैजुले बताउनुभयो ।
प्रतियोगीताको आयोजना दिके इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको छ भने कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको रहेको छ ।
प्रतियोगीतमा टाइटल विजेताको साथमा प्रतिस्पर्धीहरु विभिन्न विधामा सब टाइटलबाट समेत पुरस्कृत हुनेछन् । टाइटल विजेताहरुले अन्तर्राष्ट्रिय डबलीमा सहभागीताको अवसर पाउने अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजुले जानकारी दिनुभयो ।
Categorized in पेजथ्री