लिटिल मिस युनिभर्सल आउँदो डिसेम्बर २७ मा हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ मङ्सिर १७, सोमबार

लिटिल मिस युनिभर्सल २०१८ आउँदो डिसेम्बर २७ का दिन इन्डोनेसियामा आयोजना हुने भएको छ । नोभेम्बर २५ का दिन आयोजना हुने भनिएको उक्त प्रतियोगीता विशेष तयारीका लागी मिति सारेर डिसेम्बर २७ मा गर्न लागिएको हो ।
विभिन्न देशबाट सहभागीता रहने यस प्रतियोगीतामा नेपालको तर्फबाट शैब्या घिमिरेले प्रतिस्पर्धा गर्न लागेका छन् । शैब्याले लिटिल प्रिन्सेज नेपाल २०१७ को उपाधी विजेताको रुपमा लिटिल मिस युनिभर्सलमा प्रतिस्पर्धा गर्न लागेकि हुन् ।
शैब्याले भारतमा सम्पन्न एस्थेटिक किड्स फेसन रनवे २०१८ मा पनि उपाधी जितिसकेकि छन् । उक्त प्रतियोगीतामा पनि शैब्याले लिटिल प्रिन्सेज नेपालको उपाधी विजेताकै रुपमा सहभागी भएकि थिइन् ।
त्यसैगरी लिटिल मिस्टर युनिभर्सलमा भने यकिन अर्यालले प्रतिस्पर्धा गर्न लागेका छन् । नेपाल किड्स फेसन रनवे २०१८ का विजेताको रुपमा यकिनले लिटिल मिस्टर युनिभर्सलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
तयारीका लागी अझ बढि समय पाउँदा अझ नयाँ विषयवस्तुहरुमा पनि तयारी गर्न पाएको यकिन र शैब्याले बताए । आफुहरुमा आत्मविश्वास अझ बढेको उहाँहरुको भनाई हो ।
शैब्या र यकिनको तयारीमा इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका संस्थापक निर्देशक राज फैजुले साथ दिइरहेका छन् । ड्रेस डिजाइन भने रेडियन्टका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेका छन् ।
शैब्याले इन्डोनेसियाको कार्यक्रममा आफ्नो डिजाइनमा नयाँ कन्सेप्ट सहित नेपालको राष्ट्रियता प्रस्तुत गर्ने डिजाइनर श्रीषाले बताइन् ।
Categorized in पेजथ्री