arin enterprises

लिटिल र टिनको अडिसन कोहलपुरमा सम्पन्न

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख ३, मंगलबार

लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को अडिसन राउन्ड सम्पन्न भएको छ । दिके इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगीताको अडिसन सम्पन्न भएको छ ।

अडिसनमा उत्साहजनक रुपमा टिन र लिटिल बालबालिकाहरुको सहभागिता रहेको थियो । जम्मा ७२ जना बालबालिकाहरुले अडिसनमा भाग लिएका थिए भने त्यसबाट ४० जना फाइनलका लागि छनौट भएका छन् । लिटिल र टिन दुइ विधाको प्रतियोगीताका लागि ८ देखि १६ वर्षसम्मका प्रतियोगीहरु रहेका छन् ।

अडिसनमा निर्णायकको रुपमा दिके इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर दिपेन्द्र केसी, रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैजुको साथै गायक कृष्ण रेवले र किड्स अफ द इयर २०१८ का विजेता संचिता राना मगर रहेका थिए ।

अडिसनबाट छनौट भएका अन्तिम ४० प्रतिस्पर्धीहरुलाई अहिले आवश्यक विभिन्न तालीम शुरु भएको छ । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्व विकास, क्याटवाक, जीवनशैली वौद्धिक विकासका लागि व्यवहारिक अभ्यास, नृत्य, मास कम्युनिकेशनको साथै प्रश्नोत्तरको अभ्यास, फोटो सेसन र स्टेज पर्फमेन्सको पनि तालीम दिनेछौं’, दिके इभेन्टका डाइरेक्टर केसीले जानकारी दिनुभयो ।

‘हामीले प्रतियोगितालाई मात्र केन्द्रित गरेर तालीम दिइरहेका छैनौ । यस तालीमले बालबालिकाहरुले भविष्य निर्माणको लागि सम्म सहयोग गरोस् भन्ने हाम्रो उद्देश्य हो’ रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले दावी गर्नुभयो । ‘यो तालीमबाट अन्तर्राष्ट्रिय डबलीको लागिसम्म पनि आवश्यक पूर्वाधार तयार हुनेछ ।’

फाइनल प्रतियोगीता आउँदो बैसाख २८ गते बाँके कोहलपुरमा हुन गइरहेको छ । यस किसिमको बालबालिकाहरुको पेजेन्ट कोहलपुरमा पहिलोपल्हट हुन गइरहेको केसीले दावी गर्नुभयो ।

 

अडिसनका फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in पेजथ्री