arin enterprises

विदेशबाट फर्किनेहरुको सवालमा कामपा सतर्क

SamacharDesk – विकाश | २०७६ चैत्र २३, आइतबार

नेपालमा कोरोनाभाइरस पोजिटिभ देखिएका प्राय विरामीहरु विदेशबाट फर्किनहेरु नै देखिरहेको अवस्थामा विदेशबाट फर्किएका नेपालीहरुको स्वास्थ्यको सवालमा काठमाडौं महानगरपालिका चिन्तित र संवेदनशील रहेको बताइएको छ ।

विदेशबाट फर्किनेहरु सतर्क नभएमा यसको असर सबभन्दा पहिले आफ्नै परिवार र त्यसपछि छरछिमेक हुँदै समाजलाई नै प्रभावित गर्न सक्ने हुनाले महानगरपालिका यसतर्फ चिन्तित रहेको बताइएको छ ।

विदेशबाट आएका, अझ विशेष गरी भारतबाट फर्केका नेपालीहरु १४ दिनको क्वारेन्टाइनमा नबसी बाहिर हिँड्ने गरेको कुरा बाहिर आइरहँदा त्यस्ता व्यक्तिबाट कोरोना संक्रमण गुणात्मक रूपबाट फैलने  सक्ने सम्भावनातर्फ कामपा भित्र विशेष चासो लिइएको बुझिएको छ ।

सूत्रका अनुसार काठमाडौं महानगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृत पदमा एक नारायण अर्याल नियुक्त हुनुभएको छ । तर उहाँ भारतको कोलकातामा महावाणिज्य दूतको कार्यभार सम्पन्न गरेर हालै मात्र नेपाल आउनु भएको हुनाले उहाँलाई समेत कार्यायलमा हाजिर हुन दिइएको छैन ।

विदेशबाट आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुसार अर्याल अहिले सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ । क्वारेन्टाइन अवधि पूरा भएपछि मात्रै अर्याललाई कार्यालयमा हाजिर गराउने तयारी भइरहेको सूत्रले बताएको छ ।

यसैबीच कामपाले विदेशबाट फर्केका सबै नेपालीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको छ । त्यसैगरी विदेशबाट फर्केकाको लगत संकलन गर्न कामपाका ३२ वटै वडालाई निर्देशन पनि दिइएको छ ।

Categorized in राष्ट्रिय