arin enterprises

विदेशीहरूद्धारा पालित पोषित पात्र केपी ओली नै भएका प्रचण्डको आरोप

SamacharDesk – समाचारडेस्क संवाददाता | २०७७ चैत्र ८, आइतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको र पालित पोषित गरेको पात्र केपी ओली नै भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आइतबार आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा नेपाल दलित मुक्तिमोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले २०/२५ वर्ष देखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओलीलाई नै देखेको आरोप लगाएका हुन् ।

उनले संविधान मास्ने पात्रको रुपमा पनि प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् ।सबैलाई पहिचान र अधिकार दिन तथा जागरण दिने काम आफूहरूले गरेको बताउदै उनले केपीको प्रवृत्तिले कसैको पनि मुक्ति सम्भव नहुने जिकिर गरे ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082