विद्यार्थीहरुलाई मचा सिरपाः दिइयो
SamacharDesk – सोसियल ब्यूरो | २०७५ कार्तिक १८, आइतबार
विद्यालयका विद्यार्थीहरुको लागी स्थापना गरिएको मचा सिरपाः बीच २० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विद्यालयका २० विद्यार्थीहरुलाई नगद सहितको मचा सिरपाः दिइएको हो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कृत विद्यार्थीहरुलाई खादा र प्रमाण पत्र प्रदान गर्नुभयो । नगद पुरस्कार भने राशिका दाताहरुले प्रदान गर्नुभयो । पुरस्कारको राशी रु. ५ हजार रहेको थियो ।
गत शनिबार ३२ विद्यालयका ९५ विद्यार्थीहरुबीच नेपालभाषाबाट बोल्ने, लेख्ने लगायत विभिन्न प्रतियोगीताहरु सम्पन्न भएको थियो । सोही प्रतियोगीताबाट २० विद्यार्थीहरु विजयी भएका थिए ।
सोही कार्यक्रममा पुरस्कार स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई ग्लोबल नेपाः नेटवर्कया संयोजक सुनिलकुमार शाक्यले कृतज्ञता पत्र प्रदान गर्नुभयो ।
कार्यक्रम नेवाः बस्ती नेवाः स्कूल अभियानको आयोजना र ग्लोबल नेपाः नेटवर्कको आर्थिक संयोजनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठका साथै भाषिक अभियन्ता मल्ल के. सुन्दर, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्य, नेवाः बस्ती नेवाः स्कूलका संयोजक दिपक तुलाधरलगायतको उपस्थिती थियो ।
Categorized in समाज




