arin enterprises

वेलायतका साहित्यकारको कृति नेपालमा विमोचित

SamacharDesk – साहित्य ब्युरो | २०७५ आश्विन ३, बुधबार

वेलायतमा वसोबास गर्दै आएका ज्ञानीशोभा तुलाधर नेवाःको कृति नेपालमा विमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले तुलाधरको कविता संग्रह ज्ञानी सः निगूगु नामक कृति लोकार्पण गरेका हुन् ।

विगत बाह्र बर्षदेखि वेलायतमा वसोबास गर्दै गरेका तुलाधरले सभामा आफ्नो मन्तव्य भने स्काइपमार्फत राखेका थिए ।

विमोचित पुस्तकमा तुलाधरले श्रृजना गर्नुभएको नेपालभाषाका ३८ वटा कवितालाई नेपाली र अंग्रेजी भाषामा उल्था त गरिएको छ नै, साथमा नेपाल लिपि, देवनागरी लिपि र रोमन लिपिमा लिपिबद्ध पनि गरिएको छ । 

कार्यक्रममा विमोचित कृतिलाई लिएर डा. केशवमान शाक्यले समीक्षा गरेका थिए । शाक्यले बदलिँदो परिवेशसँगै साहित्यलाई पनि डोर्याउनुपर्ने विचार राखे ।

सोहि कार्यक्रममा जनकवि श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । डा शान्तवीर सिं तुलाधरले दोसल्ला ओढाई कदर पत्र सहित जनकवि श्रेष्ठलाई सम्मान गरे ।

Categorized in पेजथ्री