arin enterprises

शैब्या र यकिनको तयारी तीब्र

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ मङ्सिर २४, सोमबार

लिटिल मिस युनिभर्सल २०१८ का लागी शैब्या घिमिरे र लिटिल मिस्टर युनिभर्सल २०१८ का लागी यकिन अर्याल तीब्र तयारीमा जुटेका छन् । आउँदो डिसेम्बर २७ मा इन्डोनेसियामा हुन गइरहेको प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्न लागेका शैब्या र यकिन अहिले तयारीमा जुटेका हुन् ।

यकिन र शैब्या हाल वाक, डान्स, वक्तृत्व कला, प्रश्नोत्तर आदिको लागी विभिन्न तयारीमा जुटिरहेका हुन् । प्रश्नोत्तरका लागी सामान्य ज्ञान सम्बन्धि अध्ययन पनि गरिरहेको दुवै प्रतियोगीले समाचारडेस्कलाई बताए ।

स्कूले विद्यार्थी समेत रहेका शैब्या र यकिनलाई प्रतियोगीताको तयारीबाट पढाईमा केही असर परेन त भन्ने प्रश्नमा यस तयारीबाट पढाईमा झन सहयोग भएको बताए । 

‘हामीले सामान्य ज्ञानका सामग्रीहरु, देशका साथै विदेशका विभिन्न जानकारीमूलक किताव, पत्रपत्रिकाहरु नियमित पढ्ने गर्नाले स्कूलको पढाईका लागी झन राम्रो सहयोग भएको छ’ शैब्याले भनिन् ।

यकिनको भनाई भने यस्तो थियो, ‘स्कूलको पढाईको सवालमै कुरा गर्ने हो भने, साथीहरुसँग होमवर्क, क्लासवर्क शेयर गरौंला, एक्स्ट्रा क्लास लिउँला । अलि बढि समय पढाईमा लगाउँला । केहि पाउनलाई अलि बढि मेहनत त गर्नैपर्छ नि ।’

केही दिनपछि नै शैब्या र यकिनको साथमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु र रेडियन्टका कार्यकारी निर्देशक साथमा फेसन डिजाइनर श्रीषा वैदार फैजु लगायको टिम इन्डोनेसिया जान लागेका छन् ।

शैब्या लिटिल प्रिन्सेज नेपाल २०१७ को उपाधी विजेताको रुपमा र यकिन नेपाल किड्स फेसन रनवे २०१८ को विजेताको रुपमा इन्डोनेसियाको प्रतियोगीतामा सहभागी हुन लागेका हुन् । दुवै प्रतियोगीता रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको थियो ।

यसअघि शैब्याले भारतमा सम्पन्न एस्थेटिक किड्स फेसन रनवेमा समेत जितिसकेकि छन् । उक्त प्रतियोगीतामा पनि शैब्याले लिटिल प्रिन्सेज नेपाल २०१७ को उपाधी विजेताको रुपमा नेपालको प्रतिनिधित्व गर्दै उपाधी हात पारेकि हुन् ।

Categorized in पेजथ्री