शैब्या लिटिल मिस युनिभर्सलको तयारीमा व्यस्त
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ मङ्सिर ५, बुधबार

इन्डोनेसियामा आयोजना हुन गइरहेको लिटिल मिस युनिभर्सल २०१८मा प्रतिस्पर्धाका लागी शैब्या घिमिरे तयारीमा जुटिरहेकि छिन् । लिटिल मिस युनिभर्सलमा नेपालको प्रतिनिधित्व गर्न लागेकि शैब्या घिमिरे अचेल वाक, स्पिकिङ, डान्स लगायतको तयारीमा दिनोरात जुटिरहेकि हुन् ।
शैब्याको कोरीयोग्राफि इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका संस्थापक निर्देशक राज फैजुले गरीरहेका छन् भने ड्रेस डिजाइन रेडियन्टका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेका छन् ।
शैब्याले इन्डोनेसियाको कार्यक्रममा नयाँ कन्सेप्ट सहितको डिजाइनको पहिरन प्रस्तुत गर्ने डिजाइनर श्रीषाले बताइन् ।
शैब्याले लिटिल प्रिन्सेज नेपाल २०१७ को उपाधी विजेताको रुपमा लिटिल मिस युनिभर्सलमा प्रतिस्पर्धा गर्न लागेकि हुन् । शैब्याले भारतमा सम्पन्न एस्थेटिक किड्स फेसन रनवे २०१८ मा पनि उपाधी जितिसकेकि छन् । उक्त प्रतियोगीतामा पनि शैब्याले लिटिल प्रिन्सेज नेपालको उपाधी विजेताकै रुपमा सहभागी भएकि थिइन् ।
नेपाल किड्स फेसन रनवे २०१८ का विजेता यकिन अर्याले लिटिल मिस्टर युनिभर्सलमा नेपालको प्रतिनिधित्व गर्न लागेका छन् । शैब्याको साथमा यकिनको पनि तयारी तीव्र भइरहेको रेडियन्टले जानकारी दिएको छ ।
शैब्या र यकिनको साथमा अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा वैदार फैजु लगायतको टिम आउँदो नोभम्बर २५ मा इन्डोनेसिया जाँदैछन् ।
Categorized in पेजथ्री