श्रीलंकाको आक्रमणका मुख्य आक्रमणकारी मारिए
SamacharDesk – इन्टरनेशनल ब्यूरो | २०७६ बैशाख १४, शनिबार

श्रीलंकामा भएको आत्मघाती आक्रमणको आक्रमणकारी मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरीसेनाका अनुसार मुख्य आक्रमणकारी जÞहरान हाशिम कोलम्बोको सांग्रीला होटलमा मारिएका हुन् ।
अन्य आत्मघाती हमलावरहरुसँग मिलेर होटल सांग्रीलामा आक्रमण गर्दा जवाफी हमलामा हाशिम मारिएको सिरिसेनाले बताए ।
श्रीलंकाली खुफिया एजेंसिहरुका अनुसार इस्लामिक स्टेटसँग सम्बन्ध रहेका लगभग १३० जना श्रीलंकामा सक्रिय थिेए । तीमध्ये ७० जनालाई पुलिसले खोजि गरिरहेको छ । अन्यको अवस्था भने अज्ञात छ ।
यसैबीच श्रीलंकाका प्रहरी प्रमुख पुजित जयसुन्दर र रक्षा सचिव हेमासिरी फर्नान्डोले पदबाट राजीनामा दिएका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोमा गत आइतबार अलग अलग चर्चहरुमा विभिन्न होटललाई निशाना बनाई आक्रमण भएको थियो । ती आत्मघाती आक्रमणमा कम से कम २५० जनाको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय