श्रीलंका हमलाका मुख्य संदिग्ध हाशिमका पिता र भाईहरु मारिए
SamacharDesk – इन्टरनेशनल ब्यूरो | २०७६ बैशाख १५, आइतबार

गत आइतबार श्रीलंकामा भएको आत्मघाती आक्रमणका मुख्य संदिग्ध जहरान हाशिमका पिता र दुई जना भाईहरु मारिएका छन् ।
शुक्रबार भएको सुरक्षा बलको अपरेशनमा तिनीहरु मारिएको जनाइएको हो । हाशिमका पिता र भाईहरुले आफैंलाई नै विष्फोट गराइ उडाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको हो ।
पुलिसले हाशिमकि आमा पनि मारिएको भनेको छ । सुरक्षा बलले शुक्रबार संदिग्ध स्थानहरुमा गरेको कारवाहिमा तिनीहरु मारिएको जनाएको हो ।
कोलम्बोको एउटा होटलमा आत्मघाती हमलामै हाशिम पनि मारिएको श्रीलंकाली सरकारले भनिसकेको छ ।
हाशिमलाई इस्लामिक समूह नेशनल तौहीद जमात (एनटीजे) को नेताको रुपमा लिइन्थ्यो । यो समूहमाथि अहिले अब प्रतिबन्ध लगाइएको छ । आक्रमणको जिम्मेवारी भने अहिलेसम्म एनटिजे अथवा कसैले पनि श्रृङ्खलावद्ध लिएको छैन ।
गत आइतबार भएको आत्मघाती हमलामा होटल र चर्चहरुलाई निशाना बनाइएको थियो । उक्त हमलामा २५० भन्दा बढि मारिएका थिए । हमला पछि देशभरका सबै चर्चमा आइतबार हुने प्रार्थनाहरु रद्द गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय