संगीतकर्मी राजेश हाडालाई पुत्री शोक
SamacharDesk – सोसियल ब्यूरो | २०७५ चैत्र १४, बिहिबार

संगीतकर्मी साथमा संचारकर्मी राजेश हाडालाई पुत्री शोक परेको छ । हाडाकी सुपुत्री दिक्षा हाडाको २२ वर्षको अल्पायुमै क्यान्सर रोगका कारण निधन भएको हो ।
विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पिडित दिक्षाको उपचारको क्रममा मंगलबार राति नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा मृत्यु भएको हो ।
२०७१ सालमा लडेर दिक्षाको खुट्टामा चोट लागेको थियो भने चिकित्सकलाई जाँच गराइएको थियो । चिकित्सकले खुट्टाको मांशपेशी च्यातिएको भनेको र सोही अनुसार उपचार पनि भएको थियो ।
तर पछि सोही ठाउँमा फेरी पनि दुख्न थालेपछी बैंककमा उपचार गराउँदा त्यो बेलाको चोटले ट्यूमरकै रुप लिइसकेको थाहा भएको थियो । सोहि बेलादेखि विभिन्न समयमा बैंककमा साथमै नेपालमै पनि उनको उपचार हुँदै थियो ।
गत पुषको अन्तिम सातातिर नेपाल क्यान्सर अस्पतालले आयोजना गरेको क्यान्सरबाट संघर्षरतहरुको कार्यक्रममा दिक्षाले पनि गीत गाएकि थिइन् । सो कार्यक्रममा दिक्षाले १९७४ एडि ब्यान्डको सम्बोधन गीत गाउँदा धेरैले उनको गायकिको तारीफ पनि गरेका थिए ।
उनको दाह संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा सम्पन्न भएको छ । स्वर्गीय दिक्षालाई उनको बुबा राजेश हाडाले दागबत्ती दिनुभएको थियो ।
Categorized in समाज