arin enterprises

संगीतकार मनराजाको एकल साँझ हुने

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ माघ १, मंगलबार

नेपाली सुगम संगीत क्षेत्रमा संगीतकार एवम् तवला वादकको रुपमा परिचित कलाकार मनराजा नकर्मीको एकल साँझ हुने भएको छ । नेपालमण्डल टेलिभिजनको आयोजनामा आउँदो माघ ५ गते प्रज्ञा भवनमा मनराजा एकल साँझ हुन लागेको हो ।

सयौं गीतमा संगीत भर्नुका साथै हजारभन्दा वढि गीतहरुमा आफ्नो तवला वादनको प्रतिभा पोखिसकेका नकर्मीबाट संगीतवद्ध गीतहरु कार्यक्रममा लोकप्रिय गायक गायिकाहरुबाट प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा दिनेशराज रेग्मी संयोजकत्वको २० जना वाद्यवादकहरुका साथ मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रंजित, स्वयम्भूराज शाक्य, निशा देसार, टिका प्रसाईँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दिपक लिम्बु, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल, प्रकाश तिमल्सिनाले गीत प्रस्तुत गर्ने भएका छन् ।

साथै संगीतकार नकर्मीकी सुपुत्री लोकप्रिय नायिका आशिष्मा नकर्मीले पनि आफ्नो बुबाको संगीत रहेको गीतमा नृत्य प्रस्तुत गर्दैछिन् ।

हाल रेडियो नेपालमा मुख्य संगीत संयोजक पदमा सेवारत नकर्मीको नेपाली भाषाका १३ वटा र नेपालभाषाका ९ वटा गीति संग्रह प्रकाशित भइसकेका छन् । साथै ३ वटा धून संग्रह, ८ वटा चलचित्रमार्फत संगीतकार मनराजाको संगीत स्रोताहरुमाझ आइसकेका छन् । 

तबला वादनका गोल्ड मेडलिष्ट नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५, ःबचष्तयचष्यगक क्भचखष्अभ न्यिचथ ब्धबचम ( क्यपब ब्ककयअष्बतष्यल क्ष्लनबउयचभ ( द्दण्ण्घ, नेपालभाषाका सर्वोत्कृष्ट संगीतकारका रुपमा पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्ड, लगायत कयौं पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् ।

Categorized in पेजथ्री