arin enterprises

संसदमा आज एमसीसी टेबल नहुने

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

अन्ततः आज संसदमा टेबल गर्ने भनेको नहुने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ढबीच भएको छलफलमा आजका लागि एमसीसी टेबल नगर्ने सहमति भएकोछ ।

माओवादी केन्द्रको संसदीय दलमा बसेको बैठकमा राष्ट्रिय सहमतिविना संसद टेबल गरे गठबन्धन भत्किने र सडकमा उत्रने निष्कर्ष निकालेपछि प्रधानमन्त्री देउवा टेबल गर्नबाट अन्ततः ब्याक भएकाहुन् ।

बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।   

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् ।

भट्टराईको पक्षमा ११ र यादवको पक्षमा ८ सांसद रहेको जसपाका नेताहरु बताउँछन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082