arin enterprises

संस्कृतिविद् वलदेब जुजु रहेनन्

SamacharDesk – कल्चर ब्युरो | २०७५ श्रावण १०, बिहिबार

लामो समयदेखि अल्जाइमर डिजिजबाट पिडित् संस्कृतिविद् बलदेव जुजुको बुधबार राती निधन भएको छ ।

बुधबार राती उपचारको क्रममा बीर अस्पतालमा उनको मृत्यु भएको हो । बेलुकी दिनहुँ जस्तै खाना खाएर सुतेका उनको राती स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

राती निकै खोकी लागेर मुखबाट रगत पनि बग्न थालेपछि उनलाई अस्पताल लगिएको थियो । करीब १२ः३० बजेतिर अस्पतालमा उपचारको क्रममा उनले आफ्नो देह त्याग गरे ।

८४ वर्षीय जुजुको जन्म वि.सं. १९९२ जेठ महिनामा काठमाडौंको ईन्द्रचोकमा भएको थियो ।

उनको आजै बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनको संस्कृति, संस्कार सम्बन्धि नेपाली र नेपालभाषाका विभिन्न पुस्तकहरु प्रकाशित छन् । स्वर्गीय जुजु वैदिक प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् भने विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध थिए ।

दर्शनशास्त्र र संस्कृतमा आचार्य गरेका जुजुले सरस्वती क्याम्पस, काठमाडौं क्याम्पसमा नेपाली विषयको अध्यापन पनि गराउनुभएको थियो ।

उनको परिवारमा श्रीमती, तीन पुत्रका साथै तीन पुत्री छन् ।

Categorized in संस्कृति