सम्पदा बचाउको सन्देश दिँदै कन्सर्ट
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ कार्तिक १६, शुक्रबार

सुनाकोठीको सांस्कृतिक सम्पदा बचाउँ भन्ने सन्देश दिँदै म्यूजिकल कन्सर्ट हुने भएको छ । आउँदो कार्तिक १६ गते अघिल्लो पुस्ताका गायक गायिकाहरुको प्रस्तुति सहित सुनाकोठीमा म्यूजिकल कन्सर्ट हुन लागेको हो ।
कार्यक्रमको नाम नै सेभ कल्चर हेरिटेज अफ सुनाकोठी दिइएको छ । कार्यक्रममा भीम तुलाधर, संजय श्रेष्ठ, बबिन प्रधान, जेम्स प्रधानको साथै सचिन रौनियार, विजय गुरुङ, रविन महर्जन र रुपेश डंगोलले आ आफ्नो सांगितिक प्रस्तुति दिन लागेका छन् ।
न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्सको प्रस्तुति उक्त कार्यक्रम गायक रुपेश डंगोलको सहकार्यमा हुन लागेको हो ।
कार्यक्रममा सांसद् दिनेश महर्जन र सांसद राजकाजी महर्जनको समेत उपस्थिती रहने आयोजकका प्रतिनिधि सुनिल महर्जनले बताएका छन् ।
Categorized in पेजथ्री