सर्ट फिल्म प्रतियोगीतामा ‘हाःसः मदुगु सः’ प्रथम
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र ७, बिहिबार

नेपालभाषाका १० वटा सर्ट फिल्ममध्येबाट सुनिता राजभण्डारी जुनुको ‘हाःसः मदुगु सः’ प्रथम भएको छ । नेपालभाषाको सर्ट फिल्म प्रतियोगिता चीहाः संकिपा नखः ११३८ मा सहभागी १० लघु चलचित्रमध्येबाट उक्त फिल्मले प्रथम पुरस्कारको साथमा ७५ हजार नगद जितेको हो ।
उक्त प्रतियोगीतामा पेजथ्रीको ब्यानरमा दर्शनबीर शाक्यको निर्देशनमा बनेको मिथ जिरो दोश्रो पुरस्कार सहित रु. ५० हजार नगद पुरस्कार हात पार्यो ।
रामकृष्ण खड्गीको निर्देशनमा बनेको आरके फिल्म्सको अस्तित्व र पोखराका यादवदास भोछीभोयबाट निर्देशित लघु चलचित्र ‘भकुंग्वारा ख्याः’ ले रु. २५ हजार नगद सहित तेश्रो स्थान हात पार्न सफल भयो ।
आज विश्वज्योतिमा दशैवटा लघु चलचित्रको प्रिमियर समेत गरी पुरस्कृत चलचित्रलाई पुरस्कार प्रदान गरिएको थियो । चलचत्रिको प्रदर्शनपछि पुरस्कार वितरण कार्यक्रममा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले पुरस्कृत चलचित्रलाई प्रमाण पत्रसहित नगद पुरस्कार पनि प्रदान गर्नुभयो ।
अन्य सहभागी ६ वटै चलचित्रलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
चलचित्र निर्माण गर्न आयोजकले चारवटा विषय ‘भाषा रहे जाती रहन्छ’, ‘हाम्रो भाषा नरहे’, ‘हाम्रो भाषा हाम्रो पहिचान’ र ‘हामी आफ्नो भाषाबाट लेख्न पढ्न नपाएर’ दिइएको थियो । प्रतियोगीताको लागी यी चार विषयमध्येबाट एउटा विषयमा चलचित्र निर्माण गर्न भनिएको थियो ।
आयोजकबाट बोल्दै वरिष्ठ पत्रकार एवम् नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरले नेपालभाषाका कुनैपनि साहित्यिक कृतिमा लघु चलचित्र बनाउन सकिने बताउँदै अब यी १० वटा फिल्मलाई विदेशमा समेत प्रदर्शन गर्ने वातावरण बनाउने बताउनुभयो ।
अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा चीहाः संकिपा नखः ११३८ सम्पन्न भएको हो । यो महोत्सवलाई हरेक वर्ष निरन्तर आयोजना गर्ने आयोजकले जनाएको छ ।
प्रथम पटक आयोजित महोत्सवमा १० वटा चलचित्र मध्ये अन्य सहभागी चलचित्रमा राकेश महर्जनको म्हसीका, हर्के माइलाको मांभाय्, कमलरत्न तुलाधरको “यांभाय्,सुरेन्द्र मानन्धरको नेवाः झी नेवाः हे जुइ, प्रज्वल शाक्यको स्वचेतना, र पवन जोशीको लिच्वः रहेका छन् ।
Categorized in पेजथ्री