arin enterprises

सर्वदलीय बैठकमा संसद सुचारु गर्ने सहमति, एमसीसी छलफलमै सीमित

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकबाट संसदलाई सुचारु गर्ने सहमति भएको छ । 

सापकोटाले बैठकबारे जानकारी गराउँदैे संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’ उनले बताए, ‘आज कुनै निष्कर्षमा पुगैनौं तर आगामी दिनमा पहल गर्नका लागि सबैलाई उर्जा दिएको छ । सदन सुचारु गर्नका लागि पहल गर्ने बारे मह्वपूर्ण रुपमा छलफल भएको छ ।’

एमसीसीबारे सोधिएको प्रश्नमा यसबारे कुनै टुंगोमा नपुगिएको एक सदस्यले बताए । एमसीसीबारे थप कार्यव्यवस्थामा छलफल गर्ने सहमति भएको र अहिले एमसीसी टेबुल हुने नहुनेबारे टुंगो नभएको उहाँले बताउनुभयो ।  

सभामुख सापकोटाले पनि एमसीसीबारे कुनै टुंगोमा नपुगिएको बताए । सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो राय रहेको र एमसीसीबारे दलहरु नै निर्णायक हुने सापकोटाको भनाइ छ । 

उनले थपे, ‘सभामुखको हैसियतले मैले निस्पक्षरुपमा भूमिका निभानुपर्छ भन्नेमा म सचेत छु । मैले विशेष रुपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ ।’

 

 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082