साढे ५ हजार बढि नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ कार्तिक ५, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये दुई हजार एक सय ५१ जना महिला छन् भने ३ हजार ५ सय ९२ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये एक हजार दुई सय ६९ महिला र एक हजार ८ सय ३८ पुरुष गरी ३ हजार एक सय ७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ९ सय ९६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख ३४ हजार ८ सय ९७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा २० हजार एक सय १८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ६५ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १४ हजार ६ सय ७६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार ८ सय रहेका छन् ।
देशभरमा २ सय ६९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २१, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ४७, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १६ जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा ५९, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ८७ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ । आज थप २६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय