arin enterprises

सुरजबीरको ‘जि यःम्ह’ सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ पौष १५, आइतबार

ग्यानपु स्टाइल गीतका चर्चित गायक सुरजबीर बज्राचार्यको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बज्राचार्यको नेपालभाषाको गीत ‘जि यःम्ह’को म्यूजिक भिडियो आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा जि यःम्ह गीतका संगीतकार रचनाकार अमरराज शर्माले गीतको संगीत र रचनाको बारेमा जानकारी दिनुभयो । त्यसैगरी म्यूजिक भिडियोका कलाकार आशिष्मा नकर्मी र रुपेन्द्र श्रेष्ठले आ–आफ्नो अनुभव सुनाउनुभयो । निर्देशक रामकृष्ण खड्गीले गीतको कन्सेप्ट र प्रस्तुतिको बारेमा प्रकाश पार्नुभयो ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले म्यूजिक भिडियोको समिक्षा गर्नुभयो । त्यसैगरी संगीतकार जुगल डंगोलले शुभकामना दिनुभयो ।

म्यूजिक भिडियोमा कलाकार रुपेन श्रेष्ठ र आशीष्मा नकर्मीको साथै गायक सुरजबीर बज्राचार्य आफैले पनि निर्देशन गरेका छन् । छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् भने निर्देशन रामकृष्ण खड्गीले गरेका छन् ।

गायक बज्राचार्यले आज सार्वजनिक म्यूजिक भिडियोको यहि गीत गाएर नै दुइ दशक अगाडी अन्तर क्याम्पस गीत प्रतियोगीतामा सर्वोत्कृष्ट आवाजको पुरस्कार जितेका थिए । 

 

Categorized in पेजथ्री