स्वजन भारतमा समेत भए प्रथम
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ आश्विन १४, मंगलबार

नेपालका चर्चित नृत्य कलाकार स्वजन रघुवंशीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पधर्मा समेत प्रथम पुरस्कार जितेका छन् । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ताज महोत्सवमा स्वजनले प्रथम पुरस्कार जितेका हुन् ।
भारतको आगरामा पाँच दिनसम्म अन्तर्राष्ट्रिय ताज महोत्सवको साथमा नृत्य प्रतियोगीता समेतको आयोजना भएको थियो । सो महोत्सवमा स्वजनले शास्त्रीय नृत्य प्रस्तुत गर्दै प्रथम पुरस्कार जितेका हुन् ।
प्रतिस्पर्धामा नेपाल र भारतको साथमा बंगलादेश र श्रीलंका गरी चारवटा दक्षिण एशियाली राष्ट्रहरुको सहभागीता थियो ।
प्रतिस्पर्धामा स्वजनले लोक नृत्य, भारतीय शास्त्रीय नृत्यमा कथ्थक, भरतनाट्यम, ओडिसी लगायतका नृत्यहरु प्रस्तुत गरेका थिए ।
यी तीनै नृत्यबाट सर्वोत्कृष्ट ठहरिँदै स्वजन ताज रत्न सम्मानबाट समेत सम्मानित भएका छन् ।
‘अन्तर्राष्ट्रिय प्रतियोगीतामा प्रथम ठहरिएँ । खुसी लाग्नु स्वाभाविकै हो । यो भन्दा ठुलो कुरा अन्तर्राष्ट्रिय डबलीमा नेपालको नाम राख्न सफल भएँ । यसमै गौरव लागेको छ’ समाचारडेस्कसँग कुरा गर्दै स्वजनले भने ।
प्रतिस्पर्धाको आयोजना नटराञ्जली थिएटर आर्टले गरेको थियो ।
Categorized in पेजथ्री