हिन्दु राष्ट्र पुनःस्थापनार्थ राप्रपाले निर्णायक आन्दोलन गर्ने
SamacharDesk – पोलिटिक्स ब्युरो | २०७५ श्रावण ३, बिहिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउनका लागी आउँदो फागुन ७ गतेदेखि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाट गर्दै राप्रपा अध्यक्ष कमल थापाले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निर्णायक आन्दोलन थालने घोषणा गरे ।
संविधान संशोधन मार्फत धर्म निरपेक्ष हटाउन उनले सरकारलाई आग्रह समेत गरे ।
‘‘उपयुक्त संगठनात्मक आधार तयार भएपछि २०७५ साल फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनस्र्थापनार्थ निर्णायक र अविछिन्न जनसंघर्ष गर्नेछौं । आवश्यक परे पार्टीको नाम र झण्डा प्रयोग नगरी आन्दोलन चलाउन तयार छौं’ अध्यक्ष थापाको भनाई थियो ।
थापाले नेपाल हिन्दू राष्ट्र नै रहेको भन्दै जनताको चाहना नहुँदानहुँदै विदेशीको इशारामा हिन्दू राज्य हटाएको दावी गरे ।
राष्ट्रिय एकता, पहिचान र अस्तित्वका लागि सामाजिक, आर्थिक र राजनीतिक व्यवस्था, सनातन वैदिक मूल्य–मान्यतामा आधारित हुनुपर्ने थापाको भनाइ थियो ।
Categorized in राजनीति