arin enterprises

१३औं साग : भलिबलमा नेपाली चेलीको जित

SamacharDesk – स्पोर्टस् ब्यूरो | २०७६ मङ्सिर ११, बुधबार

१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालले जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै महिलाहरुले नेपालको लागि जित दिलाएको हो ।

नेपाली महिला टिमले बंगलादेशलाई सोझो सेटमा हराएको हो ।

कमजोर मानिएको बंगलादेशी टिमलाई हराउने क्रममा नेपालले पहिलो र दोश्रो सेट २५–९ ले जिते । तेश्रो सेट भने २५–११ ले आफ्नो पोल्टामा पारे ।

समूह ‘बी’को खेलमा पाकिस्तान नआउँदा माल्दिभ्सले वाकओभर पाएको छ ।

भलिबलमै नेपाली पुरुष टिमले भने हार ब्यहोरेको छ । बंगलादेशसँग नै भएको खेलमा नेपाली पुरुष टिमले भने ३–२ ले खेल गुमाए ।

Categorized in स्पाेर्ट्स