१३औं साग : भलिबलमा श्रीलंका तेश्रो स्थान
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १६, सोमबार

१३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा श्रीलंकाले महिला र पुरुष दुवै टिमबाट तेश्रो स्थान हासिल गर्दै कास्यपदक जितेको छ ।
सोमबार दशरथ रंगशालास्थित कभर्डहलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई हरायो । श्रीलंका २३÷२५, २५÷२०, २५÷१६ र २५÷२१ ले विजयी भयो ।
त्यस्तै श्रीलंकाको महिला टोलीले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कास्य पदक जित्यो । श्रीलंका २५÷१३, २५÷१८ र २५÷८ को सेटमा विजयी भएको हो ।
भलिबलका दुवै फाइनल खेल मंगलबार हुन गइरहेको छ । पुरुषतर्फ दिउँसो १ बजे भारत र पाकिस्तानबीच हुन गइरहेको छ ।
त्यसैगरी महिलातर्फको फाइनलमा भने पहिलो पटक फाइनल पुगेको नेपालले भारतसँग उपाधीको लागि प्रतिस्पर्धा गर्न लागेको छ ।
Categorized in स्पाेर्ट्स