arin enterprises

‘ए मेरो हजुर ४’ को गीत सार्वजनिक

SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ‘फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।

नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडीले ‘ए मेरो हजुर ३’ बाट अपार सफलता मिलेपछि निर्देशक झरना थापाले फेरि यि जोडीलाई नै पर्दामा उतारेको छ । 

राजधानीमा शुक्रबार एक कार्यक्रम गरि चलचित्रको गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । 

‘ए मेरो हजुर’ सिक्वेलको पहिलो चलचित्रमा रहेको ‘फूलको थुङ्गा’लाई पुनःर्सिजना गरेर तयार भएको संगीतमा गायक सुगम पोखरेल र अस्मिता अधिकारीले आवाज दिएका छन् ।

ए मेरो हजुर ४ सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । सुहाना इन्टरटेन्मेन्ट नायिका झरना थापाको घरेलु कम्पनी हो । 

नायिका झरना थापाको निर्देशनमा बनेको यो चलचित्र फिल्मको कथा स्वर्गीय छेतेन गुरुङ र निर्देशकको सहकार्यमा तयार भएको हो भने पटकथा गुरुङ र निर्देशक थापासहित ७ जनाको समूहले तयार पारेको हो ।

चलचित्र नयाँ वर्षको अवसरमा प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्र निर्माण कम्पनिले बताएको छ ।

Categorized in पेजथ्री