arin enterprises

‘कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने’

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ १६, शनिबार

कानूनमन्त्री शेरबहादुर तामाङले कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने बताउनु भएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनमन्त्री तामाङले कांग्रेसले सरकारसँग अंश खोजिरहेका आरोप लगाउनुभयो । कांग्रेसले अंश खोजिरहेकै कारण संवैधानिक नियुक्तीका लागि संसदीय सुनुवाइ समिति गठन गर्न ढिलाई भइरहेको मन्त्री तामाङको भनाई थियो । 

कांग्रेसले जति भाग लिन खोजे पनि सार्वजनिक लेखा समितिबाहेक अरु समिति नपाईने दावी पनि तामाङले गर्नुभयो ।

डा. गोविन्द केसीको अनसनलाई ईङ्गित गर्दै मन्त्री तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने कार्य बन्द नहुने पनि भन्नुभयो ।

कुन स्थानमा आवश्यक छ र कहाँ स्थापना गर्ने भन्ने काम सरकारको भएको भन्दै मेडिकल कलेज खोल्ने अधिकार सरकारसँगमात्र रहेको मन्त्री तामाङले बताउनुभयो ।

Categorized in राजनीति