arin enterprises

‘प्रत्येक १२ बर्षमा प्रदेश राजधानी सार्नुपर्छ’

SamacharDesk – पोलिटिक्स ब्यूरो | २०७५ कार्तिक १६, शुक्रबार

प्रदेश ३ का सभासद् डा.अजयक्रान्ति शाक्यले प्रत्येक १२ वर्षमा प्रदेश राजधानी सार्नुपर्ने बताएका छन् । प्रदेश राजधानीको सवालमा विभिन्न खाले वहस र विवाद समेत चर्किरहेको अवस्थामा उनले यस्तो निकास प्रस्तुत गरेका हुन् ।

‘१२ बर्षसम्म जुन जिल्लालाई राजधानी तोकिएको हो, त्यो जिल्लाको पूर्वाधार पूर्णरुपमा विकास गर्ने र त्यसअनुरुप अन्य जिल्लालाई पनि विकास गर्दै लाने हो’ समाचारडेस्कसँग कुरा गर्दै सांसद् डा. शाक्यले भन्नुभयो, ‘यो धारणा ३ नंबर प्रदेशमा मात्र नभइकन नेपालका सातवटै प्रदेशमा अवलम्बन गर्दै जानुपर्छ ।’

यो अवधारणालाई अवलम्वन गरिए देशको कुनाकाप्चासम्म विकास हुने दावी डा.शाक्यको रहेको छ । यो अवधारणालाई अष्ट्रेलिया, पाकिस्तान, ब्राजिल, म्यान्मार लगायतका करिब ११ वटा देशले समेत अवलम्बन गरिसकेको डा.शाक्यको भनाई छ । संघीय राजधानी समेत प्रत्येक २५ बर्षमा सार्नुपर्ने मान्यता पनि शाक्यको रहेको छ । 

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्था सबैको अध्ययन गरेर वर्णानुक्रम अनुसार काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लामा ३ नंबर प्रदेशको राजधानी राख्दा उचित हुने सिफारिस गरेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082