चलचित्र विकास बोर्डमा १ महिने फोटोग्राफी तालिम सुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ २५, सोमबार
काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा फोटोग्राफी तथा फोटो, भिडियो पत्रकारिता सम्बन्धी १ महिने तालिम सुरु भएको छ ।
महानगरपालिकाको “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि” भन्ने गौरव योजनासँग जोडिएको यस तालिमले युवाहरूलाई सीप, दक्षता र व्यावसायिक अवसरसँग जोड्ने अपेक्षा गरिएको छ ।
बोर्डको क्षमता अभिवृद्धि वर्ष अन्तर्गत सञ्चालन गरिएको यस तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई फोटोग्राफी, क्यामेरा सञ्चालन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी, भिडियो पत्रकारिता तथा व्यवहारिक अभ्याससम्बन्धी प्रशिक्षण प्रदान दिइने बताइएको छ ।
नयाँ पुस्तालाई प्राविधिक रूपमा दक्ष बनाउँदै चलचित्र, सञ्चार र दृश्य–कला क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने बोर्डले बताएको छ ।
Categorized in पेजथ्री




