arin enterprises

कोरोनाबाट १७ वर्षीया युवतीको मृत्यु

SamacharDesk – विकाश | २०७७ श्रावण १०, शनिबार

बाराकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

बारा जिल्ला परवानीपुर गाउँपालिका ८ की कोरोना संक्रमित १७ वर्षीया युवतीको हिजो मृत्यु भएको हो ।

हिजो बेलुकी गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि उनलाई गत बुधबार वीरगंज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।

उनको आरडिटि परिक्षण गरिँदा पोजेटिभ देखिएपछि विहिबार अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो ।

८ गते स्वाव संकलन गरि परिक्षण गरिएकोमा ९ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको शरीरमा अक्सिजनको मात्रामा कमी र पखाला लाग्नुको साथै जीउ काम्ने र श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ४५ पुगेको छ ।

Categorized in समाज